नियम १५
पर्वतीय पथ प्रदर्शकको काम र कर्तव्य

पर्वतीय पथ प्रदर्शकको काम र कर्तव्य देहाय बमोजिम हुनेछ ः–
(क) सरदारसँग समन्वय राखी काम गर्ने,
(ख) कामदारको लापरवाहीबाट मालसामानहरू हिनामिना हुन नदिन आवश्यक व्यवस्था गर्ने,
(ग) अनुमतिपत्रमा उल्लिखित मार्गबाट मात्र पर्वतारोहण गर्न पर्वतारोही दललाई पथ प्रदर्शन गर्ने,
(घ) कुनै कारणवश आधार शिविरभन्दा माथिको पर्वतारोहणको मार्ग बदल्नु परेमा सम्पर्क अधिकृतसँग सम्पर्क राखी निजको आदेश बमोजिम गर्ने,
(ङ) पर्वतारोही दलका सदस्य वा सरदारलाई सुरक्षित र सरल तरिकाले आरोहण गर्ने सम्बन्धमा आवश्यक सरसल्लाह दिने,
(च) सम्पर्क अधिकृत, पर्वतारोही दलको कुनै सदस्य, सरदार उचाईमा जाने कामदार, आधार शिविरका कामदार वा स्थानीय कामदार कुनै आपत्तिमा परेमा निजलाई उद्धार गर्ने काममा मद्दत पुर्याउने
(छ) आधार शिविर भन्दा माथि सरसामान प्रयोग गर्दा निस्केको फोहरमैला अनिवार्य रुपले आधार शिविरसम्म ल्याउने,
(ज) मन्त्रालय, सम्पर्क अधिकृत तथा सरदारले दिएको निर्देशन बमोजिम काम गर्ने ।